×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चार्टड एकाउन्टेन्ट्स संघकै अडिट रिपोर्टमा ब्यालेन्स सिट मिलेन , यी हुन् हरि सिलवालले गरेका अन्य गैरकानुनी काम !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

चार्टड एकाउन्टेन्ट्स संघकै अडिट रिपोर्टमा ब्यालेन्स सिट मिलेन , यी हुन् हरि सिलवालले गरेका अन्य गैरकानुनी काम !

Artha Sarokar

१५ फाल्गुन २०७४, मंगलवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
नेपाल चार्टड एकाउन्टेन्ट्स संघका अध्यक्ष हरि सिलवालको कार्यकाल समिक्षा 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संघ एक्यानको गत चुनावमा हरि सिलवालको ‘क्रेज’ ठुलै थियो । सिए क्षेत्रका ‘सिनियर’हरुले खास ठुलो अपेक्षा नगरेको भएपनि उनलाई भित्री रुपमा नचिनेका वर्गको उनीबाट आश ठुलो थियो । यतिसम्मकि हरि सिलवाललाई सिए क्षेत्रमा आदर्श पात्रको रुपमा चिन्नेहरुको जमात ठुलै थियो । सिए क्षेत्रमा सिनियर कहलिएका र मीठो बोलिदिने, अरुलाई सिकाउने उनको स्वभाव धेरैलाइ मन पर्थ्यो । तर २ बर्ष एक्यानमा रहँदा हरि सिलवालले जे गरे, त्यसले उनलाई हेर्ने सिएहरुको नजरमात्र परिवर्तन भएन, उनको स्वभाव केवल ‘भ्रम’मात्र रहेछ भन्ने धेरैलाई थाहा भयो । यतिसम्मकी उनको कार्यकालले सिए क्षेत्रमा यस्तो अवस्था बनायो कि उनको आइक्यानको काउन्सिल सदस्य हुने नैतिक बाटो लगभग बन्द भएको अवस्थामा पुग्यो ।  आखिर किन यस्तो भयो त ? सबैकुरा छर्लंग छ । उनले अध्यक्ष भएपछी सर्वेसर्वा मै हुँ भन्ने शैलीमा धेरै अव्यवहारिकमात्र होइन केहि ‘गैरकानुनी’ काम पनि गरे ।
हरि सिलवालले गरेका ३ ‘गैरकानुनी’ काम !
१. एक्यानको विधानमा स्पष्टसँग कुनै एक सदस्यले संशोधन प्रस्ताव राखेमा त्यसलाई कार्यकारी समितिमा छलफल गराई साधारण सभामा लैजानुपर्ने कुरा उल्लेख छ । तर विधानको आफ्नै शैलीमा व्याख्या गरेका सिलवालले कानुन मिचे । सिए शंकर थापाले प्रक्रिया अनुसार पेश गरेको प्रस्तावलाई उनले साधारण सभामा लगेनन् । कार्यकारीसमितिमा रहेका अन्य सदस्य तथा पधाधिकारीहरु हरि सिलवाल भनेपछि केहि पनि भन्न नसक्ने अवस्थामा थिए / छन् । यो बीचमा सिलवालको एकतन्त्रीय कामका कारण कतिपय त एक्याननै जान छाडीसकेका थिए । यो बीचमा केहि पदाधिकारीहरुले विद्रोह गर्न खोजेपनि यसपाली चुनावमा उठ्नुपर्ने कारणले केहि बोलेनन् । तर विधाननै मिचेर उनले गैरकानुनी काम गरे ।   
२. हरि सिलवाल अध्यक्ष भएका बेला यस्तोसम्म घटना घट्यो, कि अव सिएहरुले अडिटका ठुला कुरा नगरे हुने भयो । लेखापरिक्षण भइसकेको रिपोर्ट, जुन साधारण सभामा पेश गरिएको थियो, त्यसको ‘ब्यालेन्ससिट’को अमाउन्ट नै मिलेको थिएन । सिएहरुको संघ, अनि त्यसैको वासलात नियम विपरित । यो भन्दा अन्तराष्ट्रिय बेइज्जत अरु के हुन सक्छ एक्यानका लागि ? कानुनका पानाहरु पल्टाउने हो भने यो कदम सरासर ‘गैरकानुनी’ नै हो । फ्रीमा अडिट गराउने (पैसा लिएको देखाएर फिर्ता गर्ने) अनि बिगार्ने कामले सस्तो घ्यूले पखाला लाग्छ भन्ने नेपाली उखानलाई चरितार्थ गरेको छ ।
३. व्यावहारिक पाटो आफ्नो ठाउँमा होला वा यस सम्बन्धि बहस अर्को ठाउँमा होला । तर कानुन भनेको कानुन हो । आइक्यानको नियम अनुसार आइक्यानको सदस्यता नलिएकाहरुले औपचारिक रुपमा आफ्नो नामको अगाडी सिए लेख्न नपाउने भन्ने नियम छ । तर नियामककै धज्जी उड़ाउँदै सिलवालले एक्यानको लेटरहेडमै आइक्यानको नियम विपरित आइक्यानको सदस्य नभएका सदस्यहरुको नाम अगाडी सिए राखे । 
हरि सिलवालले गरेका २ अव्यवहारिक काम 
१. हुन त सिलवाल नेतृत्वमा २ बर्ष एक्यान अगाडी बढ्दा सिलवालले केहि यस्ता अव्यवहारिक काम गरे जसले उनलाई राम्रो गर्छु भन्दाभन्दै पनि नराम्रो बनायो । जस्तैकि उनले एक्यानमा एउटा कोठा बनाए जसमा उनको भनाइ छ कि, ‘सिए भएर आएका, तर अफिस खोल्न नसक्ने सिएहरु आएर त्यहाँ काम बसेर काम गर्ने रे !’ यो भन्दा ठुलो सिएको बेइज्जत के हुन सक्छ ? क्वालीफाईड भइसकेको व्यक्ति बरु काम नभए आफ्नै घरमा बेडमा बसेर ल्याबटप चलाउँछन् , आफु असक्षम छु त्यहि भएर त्यहाँ गएर काम गर्छु भनेर को आउने ? त्यस्ता सिएलाई भोली क्लाइन्टले कसरी पत्याउने ? यो भन्दा ठुलो अव्यवहारिक काम केहि हुन सक्छ र ?
२. एक व्यक्ति एक पेशाको नीति पर सर्दै थियो । उनलाई यसबारे राम्रो ज्ञान पनि थियो । तर उनले यसको विरोध गर्न आवश्यक ठानेनन् । उनी मौन बसे । यो उनको अव्यवहारिकताको चरम पराकाष्टा नै थियो । अर्कोतर्फ आइसीएआइलाई मान्यता खारेज गर्ने प्रकरणमा त उनले मिडियामा यस्तो अभिव्यक्ति सार्वजनिक गरे कि मानौं उनी लिडर होइनन्, निडर पनि होइनन्, पानीमाथिको ओभानो मात्र बन्ने पात्र हुन् । त्यतिबेला उनले ‘आइक्यानले के गर्दैछ मलाइ के थाहा ? म ज्योतिष हो र ?’ थाहा पाउन भन्ने जवाफ दिएका थिए ।       
सिलवालका कारण जसलाई घाटा भयो !
हरि सिलवालको एकतन्त्रीयजस्तो शासनले गर्दा पदाधिकारीहरुलाई निकै समस्या पर्यो । हरि सिलवालले अरुलाई केहि पनि काम गर्न नदिंदा अहिले सन्तोष लम्साल, नारायण कंडेलहरु कमजोर बनेको स्पष्ट देखियो । सिलवालकै कारण ‘यिनीहरुले पदमा हुँदाचाहिं के गरे र ?’ भन्ने प्रश्न तेर्सिएकाले अहिले आनन्द शर्मा वाग्ले र दुर्गा ज्ञवाली चुनाव हारिने त होइन ? भन्ने त्रासमा छन् । विपक्षीहरुले यिनीहरुलाई काम गर्न नसक्ने वा के काम गरेर ? भन्दै नेगेटिभ मार्केटिङ गरिरहेका छन् । सिलवालको काम गराईले उनीहरुलाई ठुलो घाटा भएको स्पष्ट छ ।      
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी