×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमालेसँगको एकता गौरवपूर्ण विषय होइन, रतेउली नखेलौंः न्यौपाने

PRIME CA

एमालेसँगको एकता गौरवपूर्ण विषय होइन, रतेउली नखेलौंः न्यौपाने

अर्थ सरोकार

९ फाल्गुन २०७४, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेकपा माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले नेकपा एमालेसँगको पार्टी एकता गौरवपूर्ण नभएर बाध्यता भएको बताएका छन् । उनले यसअघि अान्दोलन सम्झौतामा पुगेर अन्त्य भएझैं जनयुद्ध पनि त्यही बाटोमा पुगेको बताए ।
माओवादी केन्द्रका काठमाडौं इन्चार्ज समेत रहेका न्यौपानेले अान्दोलनले एकाध मान्छेहरुको वा एउटा पंक्तिको वर्ग उत्थान चमत्कारिक ढंगबाट भएको बताउँदै जनयुद्ध गौरवशाली हुँदाहुँदै पनि हविगत उही भएको सामाजिक संजालमा लेखेका छन् । उनले नेपाली राजनीतिमा यस्तो किन हुन्छ भनेर वहस र खोजी गर्नु पर्ने धारणा राखेका छन् । न्यौपानेले जनयुद्ध लडेका एकाध मान्छेको वर्ग उत्थान भएर पुरानै राज्य व्यवस्थामा फर्किएको बताए ।
सामाजिक संजालमा न्यौपानेले एमालेसँग एकताको खुशीमा रतेउली नखेल्न भन्दै इमान्दार भएर सुधारकै काम गर्न नेताहरुलाई पनि भनेका छन् ।

यस्तो न्यौपानेको स्टाटसः 

रतेउली नखेलौ – इमानदार भएर सुधारकै भएपनि काम गरौं
एमालेसँगको एकता गौरवपूर्ण विषय चाहि होइन बाध्यता हो । नेपालमा चलेका सबै सशस्त्र आन्दोलनहरू शासन व्यवस्था अलिअलि फेरेर सम्झौतामा अन्त्य भए । जसका विरूद्ध लडे त्यही पुरानै राज्य व्यवस्थामा फर्किए । आन्दोलनबाट आएका एकाध मान्छेहरू वा एउटा पंक्तिको वर्ग उत्थान चमत्कारिक ढंगबाट भयो । माओवादी जनयुद्ध गौरवशाली हुँदाहुँदै पनि यसको पनि हविगत उही भयो । वहस र खोजी आखिर नेपालको राजनीति हो के ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: