
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मिथिला लघुवित्त विकास बैंकले खुद नाफा ६.७९% बढेर ४८ लाख ८७ हजार रुपैयाँ कमाएको छ । गत वर्षको यही अवधिमा ४५ लाख ७६ हजार रुपैयाँ कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी पनि २ करोड ५ लाख ८९ हजार रुपैयाँबाट बढेर २ करोड १९ लाच ७९ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफामा पनि ५.३५% को सुधार हुँदै ७३ लाख १९ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीले ३ लाख ६१ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने प्रोभिजनमा ३६ लाख ३२ हजार रुपैयाँ छुट्याएको छ । मिथिलाले १४ करोड २६ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरी ४९ करोड ७२ लाख ६५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यसको खराब कर्जा ३.९२% र कस्ट अफ फन्ड ९.५२% छ । चुक्ता पुँजी ६ करोड ५९ लाख ७७ हजार रुपैयाँ रहेको मिथिलाको रिजर्भ कोषमा १ करोड १९ लाख ६८ हजार रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८२ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ १४ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्