×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बर्षको १२ हजार तिरेपछि करका समस्यामा ‘नो टेन्सन’ ! सब्स्क्राईब गर्नु भयो त नेपाल ट्याक्स अनलाइन ?

PRIME CA

बर्षको १२ हजार तिरेपछि करका समस्यामा ‘नो टेन्सन’ ! सब्स्क्राईब गर्नु भयो त नेपाल ट्याक्स अनलाइन ?

२३ माघ २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ- अनलाईनबाटै कर सम्बन्धि सेवा र आबश्यक ऐन कानूनएकै ठाँउबाट उपलब्ध गराउने उद्देश्यले NepalTaxOnline.com नामक वेवसाईट सुरु भएको छ । कर सम्बन्धि विभिन्न ऐन, नियम, निर्देशिका, परिपत्र, पुर्वादेश, न्यायधिकरण तथा सर्वोच्च अदालतका कर सम्बन्धि फैसलाहरु लगायतका कर सम्बन्धि सूचना, डाटा तथा अन्य आवश्यक विवरणहरु यस अनलाइनमा उपलब्ध हुनेछ । यो नेपालको एक मात्र कर सम्बन्धि बृहत डाटाबेश भएको अनलाइन रहेको बताईएको छ ।
आवश्यक विवरणका अतिरिक्त नेपालका कर क्षेत्रमा ख्याती कमाएका व्यक्तिहरुले करको व्यवहारीक द्धिविधाका सम्बन्धमा लेखेका विभिन्न लेखहरु समेत यस वेवसाईटमा पढ्न पाईनेछ । करदातालाई परेको समस्याको समाधानबारे अनलाईनबाटै कर विज्ञसँग सल्लाहसमेत लिन सक्नेछन् ।
अनलाईन पोर्टल केहि समय अगाडिदेखि चार्टर्ड एकाउण्टेट मुकुन्ददेव अधिकारीले सुरुआत गरेका थिए । अहिले नयाँ टिम समेत समाबेश भई डाटावेशमा व्यापक वृद्धि गरी, वेवसाईट अझ प्रयोगकर्ता मैत्री भएकाले यसलाई अझ धेरै रुचाईने र करको भरपर्दो एवं विश्वसनिय श्रोत बन्ने कम्पनीले जनाएको छ । नयाँ टिमको अध्यक्षमा बद्रि गौतम रहेका छन् । गौतम लामो समय आन्तरिक राजस्व विभागको निर्देशक पदमा बसी नीतिनिर्माणलगायतका कार्यहरु गर्दै आएका थिए ।
त्यस्तै नयाँ टिममा भएका कर विज्ञहरुको नेतृत्व बरिष्ठ कर परामर्शदाता चार्टर्ड एकाउन्टेन्ट भवनाथ दाहालले गर्नेछन् । आन्तरिक राजस्व विभागबाट समेत सम्मानित दाहालले लेखेको “आयकर मुल्यअभिबृद्धि कर” किताव कर क्षेत्रमा काम गर्ने हरकोहिलाई कानुनको महत्वपुर्ण श्रोत बन्दै आईरहेको छ ।
त्यस्तै विस्तारित नयाँ टिममा, ट्याक्सपर्टका प्रमुख सल्लाहकार तथा कर विज्ञ चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहाल समेत रहेका छन् । दाहाल हाल ट्याक्सपर्ट मोवाइल एपमार्फत करदाता शिक्षा तथा साना तथा मझौला करदातालाई निःशुल्क कर सम्बन्धि सेवा, सल्लाह दिईरहेका छन् ।
त्यस्तै, टिममा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त कानुनी सल्लाहकार सरोजकृष्ण घिमिरे तथा लामो समयदेखि कर क्षेत्रमा कामगर्दै आईरहेका दिलिप फुयाँल समेत संलग्न छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: