Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको खैरेनीमा

अर्थ सरोकार

एनआईसी एशिया बैंकको नयाँ शाखा देवदह न. पा. ५, खैरेनी, रुपन्देही स्थित खैरेनी शाखाको आइतबार फाल्गुन ६ गते एक समारोहका बिच देवदह नगरपालिकाका मेयर श्री हिरा बहादुर खत्री ज्यूबाट विधिवत् समुद्घाटन सुसम्पन्न भयो ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । खैरेनी शाखाको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्य भर १७९ शाखा कार्यालयहरु र १७२ एटिएम एवं ४ एक्स्टेन्सन काउन्टरबाट ग्राहक महानुभावहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK