
सुर्खेत – प्रदेश नम्बर ६ का सबै सांसदहरुलाई ‘लेण्डुप’ भनेर माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य प्रकाश रोकायाले भनेका छन् । प्रदेश सभा बैठकले प्रदेशको नाम र राजधनीबारे गरेको निर्णयप्रति असन्तुष्टी जनाउँदै नेता रोकायाले कर्णालीलाई राजधानीसँग साटेको बताएका छन् । उनले कर्णालीको नाम बचेको अारोप समेत लगाएका छन् ।
कर्णाली जनअधिकार मंचका अध्यक्ष समेत रहेका नेता रोकायाले छलफल, सुझाव र बहस नगरी प्रदेशको नाम र राजधानीबारे निर्णय गरेको बताएका छन् । उनले कर्णाली स्वास्यत्त प्रदेशको अावश्यकता प्रष्ट भएको समेत बताएका छन् ।
सामाजिक संजालमा रोकायाले लेखेका छन्ः
अाज सुर्खेतमा लेण्डुपहरुले कर्णालीसँग राजधानि साट्ने काम गरेछन् ।
कर्णालिकाे नाम बेचेर राजधानिकाे नामाकरण गर्नमा हताराे किन ?
कर्णाली मरेकाे छैन ज्युदैछ भन्ने हेक्का हाेस् दलालहरुलाई ।
बिना छलफल, बिना सुझाव र बिना बहस के बाध्यता अाई लाग्याे लेण्डुपहरुलाई !
तसर्थ कर्णाली बिशेष स्वायत्त प्रदेश अब छिट्टै अावश्यक छ भन्ने अाज स्पष्ट भएको छ ।
अब भाेलिबाट के-के हुन्छ सम्पर्कमा अाउन सम्पूर्ण कर्णाली बासिमा अनुराेध छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्