×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको हकप्रद बिक्री खुला, कहाँ जाने फारम भर्न ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सिद्धार्थ बैंकको हकप्रद बिक्री खुला, कहाँ जाने फारम भर्न ?

Artha Sarokar

२ फाल्गुन २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – फागुन २ गतेदेखि सिद्धार्थ बैंकको १०% हकप्रद सेयर बिक्री खुला भएको छ । बैंकले १०ः१ अनुपातमा ६८ लाख २६ हजार ११७.१९ कित्ता सेयर बिक्री खुला गरेको हो । १०० रुपैयाँ अंकित मूल्यको यो हकप्रद चैत ६ गतेसम्म भर्न पाइनेछ ।
 बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड, नयाँ बानेश्वर काठमाडौं तथा सिद्धार्थ बैंकको मुख्य कार्यालयसहित अधिकांश शाखाबाट पनि हकप्रद भर्न पाइनेछ । त्यसैगरी, सिद्धार्थ क्यापटिल लिमिटेड तथा आस्वा सदस्य बैंकहरु र तिनका शाखा कार्यालयबाट पनि हकप्रद भर्न सकिनेछ । बैंकले चुक्ता पुँजी ६ अर्ब ८४ करोड ४९ लाख ४९ हजार रुपैयाँको १०% हकप्रद निष्कासन गरेको हो । १०% हकप्रदपछि बैंकको चुक्ता पुँजी ७ अर्ब ५० करोड ८७ लाख २८ हजार ८७० रुपैयाँ पुग्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी