
बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुमा बाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरुप विभिन्न स्थानमा शाखा विस्तार गर्ने क्रममा यस बैंकले बुधबार महोत्तरीको गौसाला नगरपालिकामा शाखा स्थापना गरेको छ ।
यस शाखाबाट नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको नीति निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुनेछ । त्यस्तै यस शाखाबाट बैंकका अन्य शाखाहरुबाट जस्तै आम जनतारुले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायतका सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नुहुनेछ । यस शाखाबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, कर्जा कारोबार जस्ता सेवामार्फत स्थानीय स्तरमा आर्थिक गतिविधि बढ्ने बिश्वास बैंकले लिएको छ । बैंकले निकट भविष्यमा नै बैंकको पुहँच नपुगेका अन्य थप गाउँपालिका तथा नगरपालिकामा समेत शाखा विस्तार गर्दैछ ।
यो शाखा सहित बैंकले हाल देशभर ९३ वटा शाखा, ३ एक्स्टेन्सन् काउन्टर, ९९ शाखारहित बैंकिङ्ग सेवा, , १०५ एतिएम र ६५० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ को माघ मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८७ अर्ब ५करोड र कर्जा लगानी रु.७८ अर्ब ५६ करोड गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्