×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अप्रेशन खानाबार-५, दी बेकरी क्याफेको मेनु पनि ‘गैरकानुनी’, भ्याटको मामलामा दिनहुँ यसरी ठगिन्छन् ग्राहक !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अप्रेशन खानाबार-५, दी बेकरी क्याफेको मेनु पनि ‘गैरकानुनी’, भ्याटको मामलामा दिनहुँ यसरी ठगिन्छन् ग्राहक !

Artha Sarokar

१९ माघ २०७४, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – विभिन्न चलेका रेष्टुरेन्टहरुका मेनु गैरकानुनी रहेको तथ्य अर्थ सरोकार डटकमले सार्वजनिक गर्दै गर्दा नयाँ बानेश्वरमा चलेको रेष्टुरेन्ट ‘दी बेकरी क्याफे’ ले पनि जनतालाई भ्याटको मामलामा ठग्ने गरेको पाइएको छ । भ्याट नियमावली अनुसार मेनुमा भ्याटसहितको मूल्य राख्नुपर्ने स्पष्ट कानुन भएपनि कम्पनीले भ्याट बाहेकको मूल्य राखेर भ्याट सम्बन्धि कानुन मिचेको छ भने कुनै पनि खाना भ्याटसहितको मूल्यमा बेच्नुपर्नेमा क्याफेले अतिरिक्त भ्याट उठाएर जनतालाई ठगीरहेको छ ।

यसअघि अर्थ सरोकार डटकमले इन्द्रेणी फुडल्याण्ड, दी बेकरी क्याफे लगायतकाको मेनु गैरकानुनी रहेको खबर सार्वजनिक गरेपछि अहिले इन्द्रेणी फुडल्याण्डमा रहेको ‘काल्दी क्याफे’को मेनु परिवर्तन भएको छ भने दी बेकरी क्याफेको मेनु पनि परिवर्तन हुन लागेको बुझीएको छ । तर कर कार्यालय नजिकै रहेको  दी बेकरी क्याफे पनि भ्याट नियमावली विपरित मेनु राखेर ‘गैरकानुनी’ काम गरिरहँदा पनि कसैको ध्यान गएको छैन ।

अर्थ सरोकार डटकमले ‘अप्रेशन खानाबार’ अन्तर्गत उपत्यकाका विभिन्न रेष्टुरेन्टहरुको ‘मिडिया अनुगमन’ गरिरहेको छ । यहि सिलसिलामा बिहिबार सिद्धार्थ कटेजमा यस्तो फेला परेको हो । २ अर्थ सरोकारकर्मीले क्याफेमा कफी पिउँदाको बिलबाट उक्त क्याफेले जनतालाई ठगीरहेको स्पष्ट हुन्छ ।     

यसकारण गैरकानुनी भयो दी बेकरी क्याफेको मेनु !
नेपालको प्रचलित भ्याटसम्बन्धि नियम अन्तर्गत भ्याट नियमावली २०५३ को नियम १४ (ख) मा स्पष्ट रुपमा भनिएको छ, ‘दर्ता भएको व्यक्तिले आफ्नो औधोगिक प्रदर्शनी कक्ष, विक्री कक्ष, होटल, रेष्टुरेन्ट, बार, कारोबार स्थल वा आपुर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको विक्री मूल्य (ट्याग प्राइस, मेनु प्राइस, र सेल्स प्राइस) मा कर सहितको मूल्य उल्लेख गर्नु पर्नेछ ।’

तर यो नियमको बर्खीलाप गर्दै दी बेकरी क्याफेलेले आफ्नो मेनुमा भ्याट बाहेकको मूल्य उल्लेख गरी भ्याट अतिरिक्त लाग्ने उल्लेख गरेको छ । क्याफेले यतिसम्म झुक्याएको छ कि मेनुमा भ्याट भन्ने शब्द छैन तर बिलमा भ्याट अतिरिक्त जोडेर आउँछ । जनताले नबुझ्ने गरी उसले ‘अन्य सरकारी कर लाग्नेछ। ‘ लेखेको छ । प्रचलित नियम अनुसार कुनै पनि रेष्टुरेन्टको मेनुमा १३% अतिरिक्त भ्याट लाग्नेछ भन्दै भ्याट बाहेकको मूल्य राख्न पाईदैन । तर बेकरी क्याफेले खुलेआम रुपमा अतिरिक्त भ्याट उठाएर जनता ठगीरहेको छ भने अर्कोतर्फ भ्याट नियमावलीको खिल्ली उडाएर कानुनको धज्जी उडाएको छ ।

यसो त भ्याट नियमावली अनुसार भ्याट बाहेकको मूल्य तोकेर मेनु राख्न नपाइने नियम रहेको र काठमाडौँका विभिन्न रेष्टुरेन्टहरुले ‘गैरकानुनी’ रुपमा मेनु बनाएको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि विभिन्न रेष्टुरेन्टहरुले मेनु सच्याएका समेत छन् । तर कानुनको खिल्ली उडाएर मनपरी गर्ने त्यस्ता रेस्टुरेन्टहरुलाई सम्बन्धित निकायले कार्वाही भने गर्न सकेको छैन ।

के भन्छ आन्तरिक राजश्व विभाग ?

यता भ्याट सम्बन्धि नियम कार्वनयन भएको छ वा छैन भनेर हेर्ने निकाय आन्तरिक राजश्व विभागका सुचना अधिकारी यज्ञ राज ढुंगेलले भ्याट नियमावलीमा लेखिएको कुरा अक्षरस पालना गर्नुपर्ने बताएका छन् । ‘नियममा जे लेखिएको छ, त्यो अक्षरस पालना गरिनुपर्छ ।’ उनले भने, ‘नियम अक्षरस पालना नगर्ने जो कोहि पनि कारवाहीको भागीदार हुनुपर्छ ।’

यो पनि हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी