×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आफ्ना नागरिकलाई अमेरिकी दूतावासको ‘ट्राभल एड्भाइजरी- ‘चन्द्रागिरी घुम्न नजाउ’ ! पढ्नुहोस् कारण गम्भीर छ !

PRIME CA

आफ्ना नागरिकलाई अमेरिकी दूतावासको ‘ट्राभल एड्भाइजरी- ‘चन्द्रागिरी घुम्न नजाउ’ ! पढ्नुहोस् कारण गम्भीर छ !

८ चैत्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपालस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई चन्द्रागिरि केबुलकारसहति काठमाडों वरपर घुमफिरमा नजान ‘ट्राभल्स एड्भाइजरी’ जारी गरेको छ । माओवादी युद्धकालमा यस्ता एडभाइजरी जारी हुन्थे । दूतावासले गत शुक्रबार एड्भाइजरी जारी गर्दै उक्त क्षेत्रमा भ्रमणमा नजान आग्रह गरेको छ । दूताबासले उक्त क्षेत्रमा स्थानीय समूहले धम्की तथा त्रास फैलाएको भन्दै आफ्ना नागरिकका लागि सुरक्षा एलर्ट जारी गरेको हो । दूतावसले निकालेको उक्त अर्लटमा मार्च महिनाभर उक्त क्षेत्रमा नजान आग्रह गरिएको छ ।

दुतावासले स्थानीय समूह भनेपनि यसबारे आ-आफ्नै विश्लेषण भएका छन् । केहि समय अघि चुडामणिको घरमा तोडफोड गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चन्द्रागिरीलाई टार्गेटमा राखेको खबर विभिन्न संचारमाध्यममा आएका थिए । यहि कारण पनि दुतावासले यस्तो अलर्ट जारी गरेको हुन सक्ने अनुमान गरिएको छ । अर्कोतर्फ कम्पनीले आफुहरुलाई अन्याय गरेको भन्दै स्थानीयहरुले पनि विभिन्न खालको धम्की दिएको तथ्य बाहिर आएको थियो ।    

यता सरकारले भने अमेरिकी दूतावसका दवी भ्रामक रहेको भन्दै खण्डन गरेको छ । उक्त एडभाइजारी जारी भएपछी चन्द्रागिरी समूहले पर्यटनमन्त्रीलाई चन्द्रागिरी घुमाएर सो एडभाइजरीको खण्डन गर्न लगाएको आरोप समेत स्थानीयले लगाएका छन् । पर्यटनमन्त्रीलाई घुमाएर आफु निकटका केहि मिडियालाई समेत प्रयोग गरेर कम्पनीले उक्त एडभाइजरीको खण्डन गर्न लगाएको छ । 
स्मरण रहोस् चन्द्रागिरीका विभिन्न ठगीधन्दाबारे अर्थ सरोकार डटकमले प्राथमिकताका साथ समाचारहरु सम्प्रेषण गर्दै आएको छ । 

चन्द्रागिरी हिल्स लिमिटेडसम्बन्धी यी सामाग्री छुटे कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: