
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चिलिमे जलविद्युत कम्पनी लिमिटेडले १५% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत असोज २७ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामै जम्मा गरिएको जनाएको छ ।
हालसम्म भौतिक रुपमै सेयर लिएका सेयरधनीलाई तत्काल सेयर अभौतिकीकरण गर्न पनि चिलिमेले आग्रह गरेको छ । सेयर डिम्याट गराएपछि मात्र बोनस सेयर खातामा जम्मा हुनेछ । कम्पनीको गत कात्तिक २४ गते बसेको २१ औं वार्षिक साधारण सभाले चुक्ता पुँजीको १५% बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ५२ करोड ४६ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ २१५ रुपैयाँ २३ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्