
गण्डकी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गैडाकोट नवलपरासी स्थित मौलाकालिका मन्दिरको फेदि देखि मन्दिरसम्मको पैदल मार्ग तथा मन्दिर परिसरको सरसफाईको साथै भक्तजनहरुका लागि खानेपानी वितरण कार्यक्रम सम्पन्न गरेको छ । चितवन क्लस्टर अन्तर्गतका ९ शाखा कार्यालयहरु क्रमश नारायणगढ शाखा, चोरमारा शाखा, कावासोती शाखा, भेडाबारी शाखा, भरतपुर शाखा, टाँडी शाखा, चनौली शाखा, बिरगंज शाखा तथा मुग्लिन शाखाका ५० जना कर्मचारीहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
बैंकको चितवन क्लस्टर प्रमुखसुरज शर्माले कार्यक्रमको समापन गर्दै गण्डकी विकास बैंकले आफ्नो मुनाफालाई मात्र नहेरी संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई विशेष जोड दिँदै आइरहेको जानकारी दिए । साथै यस्ता कार्यक्रमहरु आगामी दिनहरुमा निरन्तर रुपमा गरिरहने समेत उनले बताए ।
सो कार्यक्रममा धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटा तथा गैंडाकोट नगरपालीका वडा नं. १ का वडा अध्यक्ष हरी प्रसाद सापकोटाले पनि धन्यवादसहित मन्तव्य राखेका थिए । उक्त समापन कार्यक्रम नारायणगढ शाखाका शाखा प्रवन्धक मुकेश अधिकारीले सञ्चालन गरेका थिए ।
गण्डकी विकास बैंक लिमिटेडले आ.व. २०७४/७५ को पौष मसान्त सम्ममा सञ्चालन मुनाफा रु. ३१ करोड १४ लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. १९ अर्ब ९२ करोड, कर्जातर्फ रु. १७ अर्ब ५६ करोड पुर्याएको छ । साथै बैंकको निष्कृय कर्जा अत्यन्तै न्युन रहेको छ । बैंकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५१ वटा शाखा कार्यालयमार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, एटिएम, एसएमएस बैकिङ्ग सेवा, सीआस्वा सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, बिभिन्न रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्