×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजेश राई र लालबहादुर गुरूङ्ग बने आइएमईको भाग्यशमाली विजेता, ‘आइफोन एक्स’ उपहार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

राजेश राई र लालबहादुर गुरूङ्ग बने आइएमईको भाग्यशमाली विजेता, ‘आइफोन एक्स’ उपहार

Artha Sarokar

२० फाल्गुन २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

‘आइएमई गरौँ, आईफोन एक्स जितौं’ भन्ने मूल नाराका साथ आइएमई लमिटेडले संचालनमा ल्याएको स्किमको दोस्रो तथा अन्तिम विजेता राजेश राई भएका छन् । कम्पनीले संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका र युरोपमा रहेका सेवाग्राहीहरूलाई लक्षित गरि गत डिसेम्बर १५ देखि दुई महिनालामो स्किम सार्वजनिक गरेको थियो । स्किम अन्तर्गत नेपालमा पैसा लिने सेवाग्राहीहरू मध्येबाट हरेक दिन पाँच जना भाग्यशाली विजेतालाई प्रतिव्यक्ति २ वटा चन्द्रागिरि केवलकारका टिकट उपलब्ध गराइएको थियो भने प्रत्येक महिना एक जना भाग्याशाली विजेतालाई ‘आइफोन एक्स’ उपलब्ध गराइएको थियो ।
भाग्यशाली विजेता छनोट कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख विक्री अधिकृत रुद्रराज पौडेलले सफ्टवेयर पद्धतिमा आधारित स्टार्ट बटम क्लिकगर्दा संयुक्त अधिराज्य बेलायतबाट नेपालमा आइएमई गरि कूल नेपाली रुपैयाँ ३४ हजार ४ सय ३६ पठाउने आइएमई सेवाग्राही राई भाग्यशाली छनोट भएका हुन् । सेवा र शर्त अनुसार सेवाग्राही राई स्वयम् वानीजले सिफारिस गरेको व्यक्तिले उक्तउपहार पाउने व्यवस्था गरिएको छ ।
त्यस्तै योजना अवधिमा विदेशस्थित आइएमईका व्यवसायिक साझेदार संस्थाहरु मनीग्राम, एक्सप्रेस मनी र इन्स्टेन्ट क्यासमार्फत आइएमई गरि नेपाल पठाएको पैसा लिने सेवाग्राहीहरू मध्येबाट लालबहादुर गुरुङ्ग भाग्यशाली विजेता छनोट भएका छन् । भाग्यशाली विजेता छनोट कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले सफ्टवेयर पद्धतिमा आधारित स्टार्ट बटम किल्कगर्दा साइप्रसबाट मनीग्राममार्फत पठाएको पैसा नेपालमा आईएमईमार्फत लिने गुरुङ्ग भाग्यशाली विजेता घोषित भएका हुन् । सेवा र शर्त अनुसार सेवाग्राही गुरुङ्ग स्वयमले उक्त उपहार पाउने व्यवस्था गरिएको छ ।
आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १६० आईएमई सेन्टरसहित ७५ जिल्लाका ७ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंकतथावित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी