
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रुडेन्सियल इन्सुरेन्सको सर्वसाधारण समूहको १२ हजार ५०३ कित्ता सेयर लिलामीमा आवेदन दिने सोमबार अन्तिम दिन हो । फागुन २८ गतेदेखि बिक्री खुला गरिएको प्रुडेन्सियलको लिलामीमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलकबोलका माध्यमबाट आवेदन दिनुपर्नेछ । प्रुडेन्सियलको आइतबार (चैत४ गते) को क्लोजिङ अनुसार प्रतिकित्ता ६६० रुपैयाँमा सेयर कारोबार भएको छ ।
लगानीकर्ताले लिलामी भर्दा दोस्रो बजारमा कायम भाउलाई पनि ध्यान दिएर मूल्य तोक्नुपर्ने हुन्छ । कम्पनीको चुक्ता पुँजी ४२ करोड ७६ लाख ८० हजार रुपैयाँ रहेको छ । लिलामी सेयर बिक्रीपछि भने कम्पनीको चुक्ता पुँजी ५५ करोड ५९ लाख ८४ हजार रुपैयाँ पुग्नेछ ।
बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौं तथा प्रुडेन्सियल इन्सुरेन्सको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट यसमा आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्