×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकका ग्राहकले शिखर इन्स्योरेन्सको स्वास्थ्य बीमा सेवा पाउने

PRIME CA

सनराइज बैंकका ग्राहकले शिखर इन्स्योरेन्सको स्वास्थ्य बीमा सेवा पाउने

१ चैत्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

सनराइज बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकका बचत खाताका ग्राहकहरुलाई स्वास्थ्य उपचार बीमा सुविधा प्रदान गर्न सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सन्राइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा शिखर इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले हस्ताक्षर गरे । 
उक्त सम्झौता अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च, बढीमा रु. १ लाख वा बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५५ भन्दा नबढ्ने गरी दाबी गर्न पाइनेछ । 
सनराइज बैंक लिमिटेडले आफ्नो स्थापनाकाल देखि नै आफ्ना बचत खाताका ग्राहकहरुको लागि “सामुहिक दुर्घटना बीमा व्यवस्था” प्रदान गर्दै आएको छ । यस सुविधा अन्र्तगत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा रु. ५ लाख नबढ्ने गरी बचत खातामा रहेको मौज्दातको ४ गुणा सम्म दाबी गर्न सकिनेछ । 
अब यस सम्झौता पश्चात सनराइज बैंकका बचत खाताका ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाटै स्वास्थ्य उपचार बीमा सुविधाको उपयोग गर्न पाउनेछन् । यो सम्झौतासँगै सनराइज बैंकका बचत खाताका ग्राहकहरुले दुर्घटना साथै स्वास्थ्य दुबै बीमा सुविधाहरु पाउने भएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: