Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंक १२ वर्षमा प्रवेश, एक अर्ब १७ करोड ७४ लाख सञ्चालन र एक अर्ब ९८ लाख खुद नाफा

अर्थ सरोकार

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल १२ वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा बैंकले केन्द्रीय कार्यायलमा विभिन्न कार्यक्रम आयोजना गरेको छ।सो अवसरमा बैंकका अध्यक्ष शंकरप्रसाद शर्माले बैैंकले ११ वर्षमा ६८ शाखा र ६८ एटिएमबाट ग्राहकलाई बैंकिङ सेवा दिइरहेको बताए।

बैंकले आर्थिक वर्ष ०७४/७५ को तेस्रो त्रैमाससम्ममा ६० अर्ब २५ करोड निक्षेप संकलन गरी ५५ अर्ब ८२ करोड कर्जा प्रवाह गरेको छ। सो अवधिमा एक अर्ब १७ करोड ७४ लाख सञ्चालन र एक अर्ब ९८ लाख खुद नाफा आर्जन गरेकोे बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यो समाचार हामीले नागरिक पत्रिकाबाट ल्याएका छौं ।

बैंकले १५ जना गरिब तथा जेहेन्दार विद्याथीलाई एक लाख ५० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ। माथिल्लो डोल्पाका पिछडिएका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ बैंकले स्नो याक फाउन्डेसनलाई एक लाख रुपैयाँ सहयोग गरेको छ। यस्तै, कीर्तिपुरस्थित बेबी लाइफ होमलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ।

त्रिवेणी सामुदायिक पुस्ताकलय तथा स्रोत केन्द्र भीमढुंगालाई बैंकले ५० हजार र दीर्घायु गुरु हस्पिटल एन्ड रिसर्च सेन्टरलाई पाँच थान फ्रिज प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK