Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंकद्वारा रकम वितरण

अर्थ सरोकार

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्व खाद्य कार्यक्रमको आयोजना र वेल्ट हंगर लाइफको सहकार्यमा चैत ११–१८गतेसम्म नगद वितरण कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा स्थानीय बाटो निर्माण गरेवापत कामका लागि नगद वितरण योजनाअन्तर्गत उक्त नगद भुक्तानी गरिएको हो ।
धादिङ जिल्लाको झारलाङ र रिगाउँ गाविसमा नगद वितरण कार्यक्रमको आयोजना गरी बैंकले २ हजार ६५० परिवारलाई कुल ३ करोड ३१ लाख १४ हजार रुपैयाँ वितरण गरेको हो । बैंकले देखाएको यस अग्रसरताले स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले व्यक्त गर्नुभएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK