
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाली संगीतकर्मीको उथानमा समर्पित ‘संगीतकार संघ नेपाल’लाई आर्थिक सहयोग स्वरुप १५ लाख रुपैयाँ उपलब्ध गराएको छ । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिकाअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ । बैंकले आफ्नो ११औँ बार्षिक उत्सवको उपलक्ष्यमा यस संघलाई आर्थिक सहयोग प्रदान गरेको हो ।
एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समुपस्थितिमा १५ लाख रुपैयाँको चेक संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष विडारीलाई बैंककी प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माद्वारा हस्तान्तरण गरियो ।
संघका अध्यक्ष लक्ष्मण शेषले उक्त रकम मेची–महाकाली साङ्गगितिक अभियान नामक कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गर्न प्रयोग गरिने कुरा जानकारी दिए । कुनै पनि स्रष्टा स्वास्थ्यको कारण अशक्त भएको वा उपचार गर्न आर्थिक कठिनाइ व्यहोरेको पाईएमा आर्थिक रुपमा केही सहयोग गर्न सकियोस् भनि संगीतकर्मी कल्याणकारी कोषको स्थापना गरी केही स्रष्टा–सर्जकहरु तथा संगीतकारहरुलाई आर्थिक सहयोग गर्ने कार्यको निरन्तताका निम्ति उक्त रकमको पारदर्शी ढंगले सदुपयोग गर्नुपर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले बताए ।
बैैंकले कारोबार शुरु गरेको एघार वर्षको समयावधिमा आफ्नो ६८ वटा शाखाहरु र ६८ वटा ए.टि.एम.बाट करिब तीन लाख ३५ हजार ग्राहकवर्गलाई गुणस्तरीय बैकिङ्ग सेवा पुर्याउँदै आईरहेको यस बैंकले आर्थिक वर्ष २०७४।७५ को तेस्रो त्रयमास सम्ममा रु.६० अर्व २५करोड निक्षेप संकलनगरि रु. ५५ अर्व ८२ करोड कर्जा प्रवाह गरेको तथा सोहि अवधिभित्र रु.१ अर्व १७ करोड ७४ लाख संचालनमुनाफा र रु.१ अर्व ९८ लाखखुदनाफाआर्जन गरेकोे छ जुनगतवर्ष सोहि अवधिकातुलनामाक्रमस ३२।Þ७२ प्रतिशत र १४ं।३९ प्रतिशतले वृद्धि भएको छ ।
निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्