Skip to content
LAXMI SUNRISE BANK

तामाङले पाए सिटी एक्सप्रेसको कार

अर्थ सरोकार

काठमाडौं – सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी एक्सप्रेस उत्सव एक्सप्रेस योजनाको विजेता घोषणा गरेको छ । कम्पनीले गत भदौ १८ देखि मङ्सिर १५ गतेसम्म सञ्चालन गरेको उपहार योजनामा साउदी अरबबाट रकम पठाएका जमानसिंह तामाङले रेनोको क्विड आरएक्सएल कार पाएका छन् । उपहार योजनाको अन्त्यमा सीताराम कट्टेल (धुर्मुस)ले गरेको लक्की ड्रबाट उनी कार विजेताम चुनिएका हुन् ।
उनले इलाममा रहेकी श्रीमती विमलादेवी तामाङलाई पैसा पठाएका थिए । विजेता तामाङलाई एएनबी टेलिमनीका हेड अनवर अल मुरसिदको उपरस्थितिमा कार हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ । गत दशैंतिहार तथा छठ पर्व लक्षित उपहार योजनाअन्तर्गत विदेशबाट सिटी एक्सप्रेस मार्फत रेमिट्यान्स पठाए बापत दैनिक एक भाग्यशाली विजेतालाई एक तोलाको चाँदीका सिक्का, क्याप, टी–शर्ट, किरिङका साथै साप्ताहिक रूपमा एक जना भाग्यशालीलाई ओप्पो मोबाइल दिँदै आएको थियो । योजनाअन्तर्गत हरेक महीना एक भाग्यशाली विजेतालाई रेफ्रिजरेटर उपहार दिइएको कम्पनीले बताएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK