Skip to content
LAXMI SUNRISE BANK

जगदम्बा सिमेन्ट उद्योगबाट उत्पादित फोर्स सिमेन्ट अव नयाँ प्याकमा

अर्थ सरोकार

जगदम्बा सिमेन्ट उद्योगले ग्राहक तथा उपभोक्ताको मागलाई मध्यनजर गर्दै आफ्नो उत्पादनलाई अझ परिष्कृत गरेको छ । हालै मात्र विश्वस्तरीय प्रविधि जडान गरी उत्पादनलाई थप गुणस्तरिय बनाउने उद्धेश्यले शुभश्री जगदम्बा सिमेन्टले विश्वकै उत्कृष्ट यूरोपियन कंम्पनी FLSmidth (Denmark र India) को अत्याधुनिक प्रविधि Vertical Rollel Mills (VRM) जडान गरी उत्पादन सूचारु गरेको हो भने थप यस उद्योगले आफ्नो फोर्स ब्राण्डलाई अझ नविन तथा परिष्कृत गर्दै आकर्षक प्याकेजिङ्गमा बजारमा ल्याएकोछ । समयको माग र ग्राहकको चाहना बमोजिम फोर्स प्याकेजिङ्ग अझ आकर्षक र उपभोक्ता मैत्री भएको छ । 
यसरी जगदम्बा ग्रुपले नेपालमा पाईने सबै प्रकारको (OPC,PPC / PSC) सिमेन्ट उत्पादन गर्दै आफ्ना दुवै उद्योगबाट दैनिक १,१०,००० बोरा बिक्री वितरण गर्दै आइरहेको छ । यस उद्योगले आफ्नो उद्योगलाई सधै नै प्रविधि मैत्री बनाउने र उत्पादित सम्पूर्ण ब्राण्डहरुको गुणस्तरमा एकरुपता कायम गर्दै उपभोक्ताको सेवामा समर्पित रहने प्रतिवद्धता ब्यक्त गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK