Skip to content
LAXMI SUNRISE BANK

गण्डकी विकास बैंकका थप आठ शाखाबाट कारोबार सुरु, १८ शाखा थपिँदै

अर्थ सरोकार

गण्डकी विकास बैक लिमिटेडले एकैदिन थप आठवटा शाखा कार्यालयबाट कारोबार शुभारम्भ गरेको छ । नयाँ थप गरिएका शाखाहरुमा मकवानपुरको हेटौडा, चितवनको पर्सा, पोखराको रत्नचोक, पाल्पाको तानसेन, बाँकेको नेपालगञ्ज, कैलालीको धनगढी, दाङको घोराही र काठमाण्डौंको नयाँ वानेश्वर रहेका छन् । बंैकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाहको साथमा एबिबिएस, एटिएम, ईसीसी/आईपिएस, सीआस्वा, मोबाइल बैकिङ्ग, लघुवित्त सेवा, रेमिट्यान्स सेवा सहितको पूर्ण बैकिङ्ग सेवा संचालन गरेको छ । यससँगै बैकका ५९ वटा शाखाहरु पुर्ण बैकिग सुविधा सुरु भएको छ ।
बैकले केन्द्रीय कार्यालयसहित देशका विभिन्न ठाउँहरुमा गरी ५९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, एटिएम, ईसीसी/आईपिएस, सीआस्वा, मोबाइल बैकिङ्ग, लघुवित्त सेवा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आबद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ । 
साथै बैकका विभिन्न ठाउँमा १८ वटा शाखाहरु निर्माणधिन अवस्थामा रहेका छन् । बैकले यि शाखाहरु यसै आर्थिक वर्षभित्र संचालनमा ल्याउने लक्ष्य बैंकले लिएको छ । यस पश्चात बैकका कुल ७७ वटा शाखा कार्यलयहरु हुने छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK