Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आईएमई र बेलायतको क्रसपेबीच रेमिट्यान्स सम्झौता

अर्थ सरोकार

ग्लोबल आईएमई बैंक र बेलायत स्थित क्रसपे लि. बीच रेमिट्यान्स व्यापार कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 
सम्झौता पत्रमा हस्ताक्षर पछि बेलायत स्थित मुख्य कार्यालय भएको क्रसपे लि. मार्फत पठाएको रकम नेपालमा रहेको ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ्ग सेवा तथा नेपालभर रहेका ७५०० भन्दा बढि एजेन्टहरु मार्फत नगद भुक्तानी लिन तथा ग्लोबल आइएमई बैंक लि.को खातामा सिधै जम्मा गर्न सकिने छ । क्रसपे लि.को बेलायत स्थित शाखाहरुबाट विश्वका जुनसुकै ठाउँमा पनि सजिलै पैसा पठाउन सकिनेछ । 
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । २०७४ चैत्र मसान्तसम्म बैंकको १२२ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १२८ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ७९ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् । 
 त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK