
काठमाडौं – चौथो केएनपी जापान राष्ट्रिय महिला भलिबल प्रतियोगिताका लागि ग्लोबल आईएमई बैङ्कले २ लाख रुपैयाँबराबरको प्रायोजन गरेको छ ।
मङ्गलबार बैङ्कका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल र प्रतिष्ठानकी संरक्षक गमली खड्काबीच सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर तथा चेक हस्तान्तरण भएको हो । चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई सहकार्यको रूपमा ग्लोबल आईएमई बैङ्कले प्रायोजन गरेको हो ।
सो अवसरमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत शर्माले उक्त सहकार्यलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । बहुउद्देश्यीय पेन्ट कम्पनी केएनपी जापानको मुख्य प्रायोजन तथा शिवम् सिमेण्टको सह–प्रायोजनमा सञ्चालन हुने उक्त प्रतियोगिताको अनुमानित बजेट १८ लाख रुपैयाँ रहेको छ । प्रतियोगिता वैशाख २१ देखि २५ गतेसम्म सञ्चालन हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्