×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आईएमई र आईएफसीबीच कर्जा लेनदेन सम्बन्धी सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ग्लोबल आईएमई र आईएफसीबीच कर्जा लेनदेन सम्बन्धी सम्झौता

Artha Sarokar

१६ बैशाख २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – ग्लोबल आइएमई बैक र विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) बीच कर्जा लेनदेन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

 उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिदले हस्ताक्षर गर्नुभएको हो । नेपालमा पछिल्लो समयमा देखिएको वित्तिय तरलताको समाधानमा यो सम्झौताले योगदान पु¥याउने लक्ष्यका साथ उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
उक्त कर्जा सापटी सहमती नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात लागु हुनेछ । त्यस्तै विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी)ले ग्लोबल आइएमई बैक लि.लाई ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम अन्तर्गत पनि ट्रेड लाइन प्रदान गरेकोे छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२२ वटा शाखा, १२८ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७९ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अस्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी