काठमाडौँ – आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले रामेछापको मन्थलीमा ३४औं शाखा खोलेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापाले संयुक्त रुपमा कम्पनीका शाखाको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा स्थानीय उद्योगी, व्यापारी लयागत विभिन्न बैंक, वित्तीय संस्थाका प्रमुख र प्रतिनिधि, सहकारी संस्थाका प्रमुख र सर्वसाधारणको उपस्थिति रहेको थियो ।
बिमा क्षेत्रले रोजगारी सिर्जनामा गरेको बताउँदै सातवटै प्रदेशमा उपस्थिति जनाउने र लघुबिमा लगायत सम्पूर्ण निर्जीवन बिमा सेवा सहज रुपमा प्रदान गरी अग्रणी कम्पनी बन्ने गरी अघि बढ्ने बताइएको छ ।