×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जगदम्बा सिमेन्टद्धारा दिगो संरचना निर्माणका लागि प्राविधिक जानकारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जगदम्बा सिमेन्टद्धारा दिगो संरचना निर्माणका लागि प्राविधिक जानकारी

Artha Sarokar

२६ चैत्र २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – जगदम्बा सिमेन्टले गत शुक्रबार बालाजु क्षेत्रमा निर्माणकर्मीहरुसँगको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । यसै आर्थिक वर्षमा ‘आऔ सबै मिलि देश बनाऔ’ नाराका साथ सारा नेपालीलाई देश निर्माणको लागि अपिल गर्दै आफ्नै स्तरबाट सरकारले अघि सारेको पुनः निर्माणको कार्यलाई सघाउने उद्देश्यले सुरक्षित र मजबुत निर्माणका लागि कम्पनीले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
देशको बढ्दो संरचना निर्माणलाई टेवा प्रदान गर्न कम्पनीले विश्वकै उत्कृष्ट यूरोपियन कंम्पनी एफएल स्मिथको प्रविधि भर्टिकल रोलर मिल्स जडान गरी उत्पादन क्षमतालाई एकातर्फ बिस्तार गरेको छ भने अर्को तर्फ दक्ष जनशक्तिलाई दिगो संरचना निर्माणका लागि प्राबिधिक तथा ब्यवसायिक ज्ञान दिदै देशब्यापी यस्ता बिशेष भेटघाट कार्यक्रम आयोजना गर्दै आइरहेको छ । उक्त कार्यक्रममा १६० भन्दा बढी निर्माणकर्मीहरुको उपस्थिती रहेको थियो भने यस्ता कार्यक्रमहरु देशब्यापी रुपमा चलाइरहने कम्पनीले जानकारी दिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी