×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लहानमा जेसीबीको आधिकारिक आउटलेट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लहानमा जेसीबीको आधिकारिक आउटलेट

Artha Sarokar

२२ चैत्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपालको लागि जेसीबीब्रान्डका अर्थ मुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थ मुभर्स प्रालिले सिराहाको लहानमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । नयाँ ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् । यो क्षेत्रमा निर्माण कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको हो ।
नयाँ ‘एआरओ’को उद्घाटन प्रदेश नं २ का सांसद लगनलाल चौधरीले गरेका हुन् । उद्घाटन कार्यक्रममा नयाँ‘एआरओ’का प्रबन्धनिर्देशकधनवीर महतोले सहज सेवा दिने र यसमा कुनै सम्झौता नहुने बताए । नयाँ ‘एआरओ’बाट जेन्युइन पार्टस्को विक्री गरिनेछ ।
कार्यक्रममा सिराहा निर्माण व्यवसायी संघका अध्यक्ष विशाल साह र टप इटा उद्योगका अनोज यादवको साथै उदयपुर, सप्तरी, खोटाङ, ओखलढुंगाका निर्माण व्यवसायीहरुको उपस्थिति थियो । एमएडब्लु अर्थमुभर्सले जेसीबी मेसिनको संख्या बढिरहेका स्थान बनेपा, गल्छी, दोलखा र डडेलधुरामा ‘एआरओ’ स्थापना गरिसकेको छ ।
एमएडब्लु अर्थमुभर्सले जेसीबी मेसिनको संख्या बढिरहेका अन्य स्थानमा पनि एआरओ स्थापना गर्ने लक्ष्य लिएको छ । विक्रीपछिको सेवामा बढी विश्वास गर्ने भएकाकारण नेपालमा जेसीबीको सबैभन्दा ठूलो शाखा सञ्जाल रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी