×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंकको नयाँ शाखा काठमाडौँको कालीमाटीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ज्योति विकास बैंकको नयाँ शाखा काठमाडौँको कालीमाटीमा

Artha Sarokar

६ बैशाख २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ज्योति विकास बैंक लिमिटेडले काठमाडौँको कालीमाटीमा नयाँ शाखा विस्तार गरेको छ । वैशाख ५ गते बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले एक कार्यक्रमका बिच संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे । 
कालीमाटीशाखासहित ज्योति विकास बैंकको शाखा संख्या ५० पुगेको छ । निकट भविष्यमा नै १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य र बैंकले दिएको छ । त्यस्तै, बैंकले १४ वटा एटिएम मार्फत पनि सेवा उपलव्ध गराउँदै आएको छ । 
बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको विश्वसनीय छवि बजारमा स्थापित गर्न सफल भएकोे छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथै सीअ ास्वा तथा एबीबीएस सेवा समेत उपलब्ध गराएको छ । हालै बैंकले आफ्नो रेमिट सेवा ज्योति रेमिट पनि संचालनमा ल्याएको छ । 
हाल बैंकले ५० वटा शाखा एवं हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १५ अर्व ६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १३ अर्व ८५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी