काठमाडौं – सर्वसाधारणसम्म बीमा सेवाको पहुँच पुर्याउने उद्देश्यले ज्योति लाइफ इन्स्योरेन्सले शाखा विस्तारलाई तीव्रता दिएको छ । शाखा सञ्जाल विस्तारका क्रममा कम्पनीले बिहीवारदेखि काठमाडौंको सुकेधारामा शाखा तथा दोलखाको चरिकोटमा उपशाखा सञ्चालन गरेको हो ।
यी दुईसहित कम्पनीको कुलशाखा सङ्ख्या ५४ पुगेको छ । गत असोज ८ गते देशका विभिन्न १० स्थानमा शाखा सञ्चालन गरी सेवा आरम्भ गरेको कम्पनीले स्थापनाको छोटो अवधिमै नेपालका सातैै प्रदेशमा क्षेत्रीय कार्यालय, शाखा तथा उपशाखामार्फत जीवनबीमा सेवा प्रदान गरिरहेको छ ।