Skip to content
LAXMI SUNRISE BANK

ज्योति र यूनियन लाइफ इन्स्योरेन्सबीच सम्झौता, अब ग्राहकले सहजै रुपमा इन्स्योरेन्स सेवा पाउने

अर्थ सरोकार

ज्योति विकास बैंक र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच शुक्रबार बैंकको केन्द्रिय कार्यालय तथा देश भर रहेका शाखा कार्यालयहरु मार्फत उक्त लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा योजनाहरु विक्री गर्ने एवं अभिकर्ता तथा बिमितहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्थाका बीच बैंकासुरेन्स सम्झौता भएको छ ।
सम्झौतामा यस बैंकको तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले र इन्स्योरेन्स कम्पनीको तर्फबाट वरिष्ठ नायब महाप्रवन्धक कपिल कुमार ढकालले हस्ताक्षर गरेका छन् । ज्योति विकास बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् ।
हाल यस बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हाल सम्मबैंकले १ लाख ५० हजार भन्दा बढि खाताबाट रु. १५ अर्व ६ करोड निक्षेप संकलन गरी १० हजार भन्दा बढि ऋणी मार्फत रु.१३ अर्व ८५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैंकको निकट भविष्यमा नै १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK