
- अर्थ सरोकार सम्बाददाता
काठमाडौ – कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंकको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद मुनाफा १ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ । यो नाफा गत वर्षको सोहिअवधिको तुलनामा ७.३२% ले कमी आएको हो । अघिल्लो वर्ष बैंकको खुद नाफा २ करोड ७ लाख रुपैयाँ कमाएको थियो । बैंकले खुद व्याज आम्दानीमा केहि वृद्धि गरेको छ भने संचालन नाफामा कमि आएको छ । जसले गर्दा बैंकको मुनाफामा कमि आएको छ ।
बैंकको खुद व्याज आम्दानी ३१.३७% ले वृद्धि गरे ६ करोड ७९ लाख ८६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष खुद ब्याज आम्दानी ५ करोड १६ लाख ५३ हजार रुपैयाँ मात्र थियो । संचालन मुनाफा १७ % ले घटेर २ करोड ९१ लाखबाट घटेर २ करोड ४९ लाख ४७ हजार रुपैयाँमा सिमित रहेको छ ।
चुक्ता पूँजी १० करोड रुपैयाँ भएको बैंकले निक्षेपमा ४५ करोड ५९ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा १ अर्ब ११ करोड ८ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको निष्कृय कर्जा १.८९ %, पुँजीकोष अनुपात १३.३२ %, प्रतिशेयर आम्दानी २५.६७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४६.९४ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ५० दशमलव ५७ रुपैयाँ र तरलता अनुपात ११.३८% रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्