×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल टेलिकमको १४औं वार्षिकोत्सवको अवसरमा गर्यो विभिन्न अस्पताललाई कम्बल वितरण

PRIME CA

नेपाल टेलिकमको १४औं वार्षिकोत्सवको अवसरमा गर्यो विभिन्न अस्पताललाई कम्बल वितरण

११ बैशाख २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेपाल टेलिकमले १४औं वार्षिकोत्सवको अवसरमा घोषणा गरेअनुरुप संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न अस्पताललाई कम्बल उपलब्ध गराउनुका साथै केही सामुदायिक विद्यालयमा आइसीटी सेन्टर स्थापना गरिदिएको छ ।
कम्पनीले आफ्ना छ वटा क्षेत्रीय निर्देशनालयअन्तर्गत एक÷एक स्थानका अस्पतालमा कम्बल वितरण गर्ने कार्यक्रम अनुसार कोसी अञ्चल अस्पताल विराटनगर, नारायणी अञ्चल अस्पताल वीरगन्ज, भक्तपुर क्यान्सर अस्पताल, भेरी अञ्चल अस्पताल नेपालगन्ज र महाकाली अञ्चल अस्पताल महेन्द्रनगरलाई २५। २५ थान कम्बल उपलब्ध गराइसकेको छ । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा पनि छिट्टै कम्बल वितरण कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।
यस्तै कम्पनीले उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिकाका अग्निपीडितलाई पनि हालै २५ थान कम्बल वितरण गरेको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले हालै एक कार्यक्रमकाबीच भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा.ऋषिकेशनारायण श्रेष्ठलाई कम्पनीको तर्फबाट २५ थान कम्बल हस्तान्तरण गर्नुभएको थियो । ती कम्बल अस्पतालका बिरामीका लागि उपयोग गरिने छ ।
सो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीले वार्षिकोत्सवका अवसरमा घोषणा गरे अनुरुप सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो अस्पताललाई कम्बल वितरण गरिएको बताउँदै आगामी दिनमा सहयोगको दायरा अझ फराकिलो पार्न सकिने बताउनुभयो । उक्त अवसरमा अस्पतालका निर्देशक डा.ऋषिकेशनारायण श्रेष्ठले सहयोगको स्वागत गर्दै भविष्यमा थप अन्य क्षेत्रमा पनि सहयोगको हात अघि बढाउन आग्रह गर्नुभयो ।
त्यसैगरी भूकम्पबाट अति प्रभावित जिल्लाहरुलगायत अन्य ६ वटा जिल्लाका एक एक वटा सामुदायिक विद्यालयमा आइसीटी सेन्टर स्थापना गरिदिने कार्यक्रम अनुसार भूकम्प प्रभावित ११ वटा जिल्लामा कार्य सम्पन्न भइसकेको छ भने लमजुङ, डडेलधुरा, उदयपुर, जुम्ला र रुकुम जिल्लाका एक एक सामुदायिक विद्यालयमा निकट भविष्यमा नै आइसीटी सेन्टर स्थापनाका लागि तयारी अन्तिम चरण पुगेको छ ।
यसैबीच नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले शान्ति निकेतन माध्यमिक विद्यालय भक्तपुरमा कम्पनीको सहयोगमा स्थापना गरिएको आईसीटी सेन्टरको हालै शुभारम्भ गर्नुभयो । उक्त सेन्टरका लागि कम्पनीले ५ थान कम्प्युटर, ५ थान वेब क्याम, ५ थान माइक्रो फोनसहितको हेडसेट र १ थान थ्री इन वान प्रिन्टर उपलब्ध गराएको छ । सो प्रयोजनका लागि १ लाइन वाइम्याक्स डाटा कनेक्सन, वाइफाई राउटर र ओडियू सेट समेत उपलब्ध गराउनुको साथै इन्टरनेट चलाउनका लागि दुई वर्षसम्म मासिक रुपमा ३० जीबी डाटा निःशुल्क उपलब्ध गराएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: