×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकद्वारा धनगढीमा निःशुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

महालक्ष्मी विकास बैंकद्वारा धनगढीमा निःशुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम

Artha Sarokar

२० चैत्र २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लि.को धनगढी शाखाले गत शनिबार निःशुल्क स्वास्थ्य परिक्षण र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकका निवर्तमान संचालक मोतिसिंह धामीको सभापतित्वमा संचालन भएको कार्यक्रममा, प्रदेश नं. ७ का आर्थिक मामिला तथा योजना मन्त्रालयका माननीय मन्त्री श्री झपट बोहरा प्रमुख अतिथि रहेका थिए ।
सामाजिक विकास मन्त्रालयमा कार्यरत डा. चेतराज जोशीले सभापति र प्रमुख अतिथिको रक्तचाप जॉच गरि उदघाटन गरिएको सो कार्यक्रममा १६५ जनाले निःशुल्क स्वास्थ्य परीक्षण र शाखा प्रबन्धक चेतराज पाण्डेय लगायत २६ जनाले रक्तदान गरेका थिए ।
बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी