
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल इन्सुरेन्सको २.२६% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि यो इन्सुरेन्सको सेयर मूल्य प्रतिकित्ता ७१३ रुपैयाँ तोकिएको छ । आइतबार कम्पनीको सेयर कारोबार प्रतिकित्ता ७१३ रुपैयाँलाई आधार मानेर खुलेको हो । नेपाल इन्सुरेन्सको औसत आधार मूल्य भने ७०३.५७ रुपैयाँ छ ।
कम्पनीले वैशाख २१ गते वार्षिक साधारण सभा गर्न बिहीबारदेखि बुक क्लाज गरेको हो । सभामा हाल बिक्री भइरहेको १००% हकप्रदपछि कायम हुने चुक्ता पुँजीको २.२६% बोनस सेयर दिने प्रस्ताव पेश हुँदैछ । यो इन्सरेन्सले वैशाख ५ गतेदेखि १ः१ अनुपातमा ३० लाख १९ हजार ८८६.१० कित्ता हकप्रद बिक्री गरिरहेको छ ।
कम्पनीले यो हकप्रद र बोनसपछि कायम हुने ६१ करोड ७६ लाख ३८ हजार ७०५ रुपैयाँ चुक्ता पुँजीमा फेरि ६५% हकप्रद जारी गर्ने प्रस्ताव पनि सभामा लैजानेछ । फेरि हकप्रद बिक्री गरेपछि मात्र नेपाल इन्सुरेन्सको चुक्ता पुँजी बिमा समितिले तोके अनुसार पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्