
काठमाडौं – आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी) को अवसरमा नेपाल टेलिकमले जीएसएम तथा सीडीएमएका प्रिपेड, पोष्टपेड मोबाइलमा ‘ह्याप्पी सोसल मिडिया प्याक’ उपलब्ध गराउने भएको छ। ह्याप्पी सोसल मिडिया प्याकअन्तर्गत फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने छ।
उक्त अफर वैशाख ३ गतेदेखि वैशाख १८ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ। ह्याप्पी सोसल मिडिया प्याकअन्तर्गत २१ रुपियाँमा २ सय ५० एमबी डाटा प्राप्त हुनेछ। सो प्याक विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिने छ। सो प्याक ७ दिन अवधिसम्म प्रयोग गर्न सकिने छ। ह्याप्पी सोसल मिडिया प्याक चलाउँदा वेब ब्राउजर नभई सम्बन्धित सोसल मिडियाको एप्स नै प्रयोग गर्नु आवश्यक हुन्छ।
त्यस्तै कम्पनीले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि विद्यार्थी अफर उपलब्ध गराउने भएको छ। सो अफर पनि वैशाख ३ गतेदेखि उपलब्ध हुनेछ। विद्यार्थीलाई ५० रुपियाँ टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ। सो रकममध्ये १० रुपियाँमार्फत् कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न जस्ता सबै सुविधा उपयोग गर्न सकिने छ। बाँकी ४० रुपियाँमार्फत् ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस गर्न सकिने छ। यी सबै सुविधा ३० दिनभित्र उपभोग गरिसक्नुपर्नेछ। विद्यार्थीहरूलाई ६ महिनासम्म बोनसको रूपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधासमेत उपलब्ध गराइने छ। यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुनेछ।
त्यसैगरी सो अफरअन्तर्गत रजिष्टर गरिएका सिममा ५० रुपियाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दासमेत १ वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध गराइने छ। ५० रुपियाँ रिचार्ज गर्दा बोनसअन्तर्गत १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिद गर्न सकिने छ। रिचार्ज गरिसकेपछि यो सुविधा ३ दिनभित्र उपभोग गरिसक्नु पर्नेछ। अफरअन्तर्गत उपलब्ध भ्वाइस कल र एसएमएस नेपाल टेलिकमकै नेटवर्कभित्रका नम्बरका लागि मात्र उपलब्ध हुनेछ।
आगामी ३ महिनासम्म विद्यार्थी अफर उपलब्ध गराइने छ। अफरअन्तर्गत प्राप्त प्याकेज भने सिम एक्टिभ भएको ६ महिनासम्म उपलब्ध हुनेछ भने रिचार्जमा प्राप्त बोनस एक वर्षसम्म उपलब्ध हुनेछ। एसईई, उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीलाई विद्यार्थी अफरको सिम उपलब्ध गराइने छ। एसईई परीक्षा दिएका विद्यार्थीले सो सिम लिनका लागि विद्यालयको आईडी कार्ड वा परीक्षाको एडमिट कार्ड, फोटो र आफ्नो अभिभावकको नागरिकताको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।
त्यसैगरी उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीहरूले आफ्नो नागरिकताको प्रमाणपत्र, फोटो र उच्च मावि वा कलेजको परिचय पत्रको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ। टेलिकमले हाल नयाँ वर्षको अवसरमा उपभोक्ताको थप सुविधाका लागि ह्याप्पी विकेन्ड प्याक, अनलिमिटेड जीएसएम, सीडीएमए नाइट डाटा प्याक, एडीएसएल भोलुम बेस्ड प्याकेज र एडीएसएल अनलिमिटेड प्याकेजसमेत उपलब्ध गराउने कम्पनीले जनाएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्