
एनआईसी एशिया बैंकले आफ्नो डेबिट एवं क्रेडिट कार्ड मार्फत रकम भुक्तानी गर्दा खरिद मूल्यको ५% देखी ५०% सम्म छुटको सुविधा उपलब्ध गराउने भएको छ ।
आफ्ना ग्राहकहरुलाई नयाँ वर्षको उपलक्ष्यमा वि.स.२०७५ साल भरी विशेष छुटको सुविधा दिने उद्देश्यका साथ बैंकले आफ्नो डेबिट एवं क्रेडिट कार्ड मार्फत बैंकले निश्चित गरेको विभिन्न हस्पिटल, फार्मेसी, होटल एवं रेस्टुरेन्ट, बुटिक एवं क्लोथिङ्ग स्टोरहरुमा सेवा/वस्तु खरिद वापतको रकम भुक्तानी गर्दा खरिद मूल्यको ५% देखी ५०% सम्म छुटको सुविधा उपलब्ध गराउने भएको हो ।
२०७५ साल वैशाख १ देखि २०७५ साल चैत्र ३० सम्म उपलब्ध हुने यस सुविधाबाट ग्राहक महानुभावहरुलाई अत्याधिक लाभ पुग्ने बैंकले विश्वास लिएको छ । हाल यो सुविधा मुलुकको ३० वटा भन्दा बढी संस्था तथा ब्यापारिक केन्द्रहरुमा उपलब्ध हुनेछ भने निकट भबिष्यमा यो संख्यामा वृद्धि हुने बैंकले जनाएको छ ।
मुलुकभर गरी १९२ शाखा कार्यालयहरु, १९६ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ्ग मार्फत् बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू १५६ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू १०९ अर्ब र कुल निक्षेप करिब रू १३४ अर्ब पुगिसकेको छ । योसँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ । साथै संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्