
उत्थान बैंक लिमिटेडले बैंकका आफना ग्राहक सदस्यहरुको सहभागितामा २०७४ चैत्र २७ गतेदेखि २९ गतेसम्म “ब्यवसायिक अदुवा खेती तालिम” सम्पन्न गरेको छ । ईलाम जिल्लाको गोदकमा ३० जना बैंकको ग्राहक सदस्यहरुको सहभागितामा तालिम सम्पन्न गरिएको बैंकका बिर्तामोड क्षेत्रीय कार्यालयका कार्यक्रम अधिकृत कल्याण बाबु कार्कीले बताए । यस तालिममा प्रशिक्षकहरु दानियल रेग्मी, गणेश रावत रहेका थिए ।
कार्यक्रम अधिकृत कार्कीले बैंकले प्रदान गर्ने सेवाहरुको बारेमा जानकारी गराउनुका साथै एक परिवारमा एक जना उद्यमी बनाउन बैंकले पहल गरी रहेको बताए । बैंकले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस बैंकबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत बैंकका बिर्तामोड क्षेत्रीय कार्यालयका कार्यक्रम अधिकृत कार्कीले बताए । तालिमको उद्देश्य बारेमा बैंकको ईलाम शाखाका प्रमुख शिव राज काफ्लेले प्रकाश पार्नुका साथै सहभागीहरुलाई स्वागत गरेका थिए ।
अदुवाको प्रयोग, अदुवालाई आवश्यक माटो तथा हावापानी, अदुवाको लागि माटो तथा परीक्षण, अदुवाको लागि जमीनको तयारी, अदुवालाई चाहिने मलखाद, प्रांगारिक मल, रसायनिक मल, जैविक मल, प्रांगारिक मल बनाउने विधि, प्रांगारिक मल बनाउने प्रयोगात्मक क्रियाकलाप, अदुवा बालीमा लाग्ने रोगहरु, जैविक विषादी तथा यसको बनाउने विधि, अदुवा खन्ने, भण्डारण तथा प्रशोधन, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिटको बारेमा, बैंकका सेवाहरुको आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेको ईलाम शाखाका प्रमुख शिव राज काफ्लेले बताएका थिए ।
निर्धन उत्थान बैंक लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । बैंकले २०७४ फाल्गुण मसान्तसम्ममा ३,०७,००९ घरपरिवारहरुमा सेवा पु¥याई रहेको छ । बैंकले २०७४ फाल्गुण मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १४ अरब २५ करोड रहेको छ भने ग्राहक सदस्यहरुका ७ अरब ५९ करोड बचत परिचालन गरेको छ ।
बैंकले ७ वटै प्रदेशका देशभरीका ७७ वटै जिल्लाहरुमा १७९ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९० वटा कार्यालयहरुको स्थापना गरी बैंकले लघुवित्त सेवा पुर्याइरहेको छ । यस बैंकले ८,०९१ जना ग्राहक सदस्यहरुलाई ब्यावसायिक रुपमा परियोजना कर्जा प्रदान गर्ने योजना रहेको छ । यसको साथै थप ६०० जना ग्राहक सदस्यहरुलाई उद्यमशीलता विकास तालिम, थप ७५० जनालाई सीप विकास तालिम प्रदान गर्ने लक्ष्य रहेको छ । यसका साथै विभिन्न प्रकारका तालिमहरु समेत प्रदान गर्दै ग्राहकहरुको आर्थिक, सामाजिक, बौद्धिक विकास गर्दै आइरहेको छ ।
ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आई रहेको छ । यस बैंकले देशको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आई रहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आई रहेको छ । यस तालिमको संचालन बैंकका ईलाम शाखाका लेखापाल चन्द्रमणि पाण्डेले गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्