
ओम डेभलपमेन्ट बैंक लि.को नवलपरासीको कावासोती र बर्दघाट शाखाको बिहिबार फरक फरक कार्यक्रमबिच बिधिवत उद्घाटन भएको छ । कावासोती शाखा उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि कावासोती नगरपालिका मेयर चन्द्र कुमारी पुनले कुमारवती बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रबृद्धिको घोषणा गर्दै शाखा तथा शाखाको एटिएमको उद्घाटन गरे ।
बिहिबार नै बर्दघाट शाखा उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बसेलले शाखाको उद्धघाटन गरे । प्रमुख अतिथिले दिपज्योती बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रबृद्धिको घोषणा गरेका थिए ।

बैंकले फाल्गुन मसान्तसम्म १८ अर्ब १५ करोड निक्षेप संकलन गरी १६ अर्ब ३२ करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५२, कर्मचारी संख्या ३९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार, एटिएम संख्या ११ रहेको र ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा प्रदान गरिरहेको छ भने बिना धितो १५ लाख सम्म प्रोफेशनल कर्जा प्रदान गर्दै आईराखेको बैंकका अध्यक्ष सुशील कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले कार्यक्रममा जानकारी गराएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्