×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको नयाँ शाखा काठमाडौँको टंगालमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रभु बैंकको नयाँ शाखा काठमाडौँको टंगालमा

Artha Sarokar

२ बैशाख २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – प्रभु बैंकको नयाँ शाखा कार्यालय काठमाडौँ महानगरपालिका वडा नं.५ टंगालमा स्थापना गरी सञ्चालनमा ल्याईएको छ । बैंकको टंगाल शाखा कार्यालय बैंकका संचालक अम्बिका शर्मा लामिछानेले एक समारोहका विच समुद्घाटन गरे । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये प्रभु बैंक लिमिटेडको भोटाहिटी शाखा कार्यालयलाई टंगालमा स्थानान्तरण गरिएको हो ।
यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल र सहजरुपमा आधुनिक बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी