×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्सले ल्यायो ‘मेरो मुटु बाल जीवन बीमा’ योजना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रिलायन्सले ल्यायो ‘मेरो मुटु बाल जीवन बीमा’ योजना

Artha Sarokar

५ बैशाख २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – रिलायन्स इन्स्योरेन्सले नयाँ वर्ष २०७५ को अवसरमा मेरो मुटु बाल जीवन बीमा योजना सञ्चालनमा ल्याएको छ । एक महिने शिशुदेखि माथिका बालबालिकाको बीमा गर्न सकिने यो योजनाले दिर्घकालको वित्तीय सुरक्षा र बचतको सुनिश्चितता प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ ।
बीमा परिपक्व हुँदा प्राप्त गर्ने लाभ बाहेक पनि यो योजनाले अवधि बाँकी रहँदै प्रस्तावकको मृत्यु भएमा वा पूर्ण अपांगता भएमा प्रिमियम शुल्क लाग्ने छैन । त्यस्तै बच्चाको भविक्ष्य सुनिश्चितताको लागि कुल बीमांक रकमको एक प्रतिशत बराबरको रकम हरेक महिना प्रादन गरिनेछ ।
हालसम्म कम्पनीले पाँच प्रकारका बीमा योजना सञ्चालनमा ल्याएको छ भने थप तीन योजना तयारी अवस्थामा रहेका छन् ।
सिद्धार्थ बैंक लगायतका अन्य घरानाहरुको प्रवद्र्धनमा कम्पनी सञ्चालनमा छ । २१ करोड रुपैयाँ अधिकृत रहेको कम्पनीमो हाल १४ करोड ७० लाख चुक्ता पुँजी रहेको छ । कम्पनीले सर्वसाधारणमा ६ करोड ३० लाख रुपैयाँ बराबरको सेयर जारी गर्नेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी