Skip to content
LAXMI SUNRISE BANK

सामसङको नयाँ प्रोडक्ट नेपाली बजारमा पनि आउंदै, यसरी गर्न सकिन्छ प्री-बुकीङ !

अर्थ सरोकार


काठमाडौँ – नेपालको सबैभन्दा विश्वसनीय तथा सर्वाधिक विक्री हुने ब्राण्ड सामसङ इलेक्ट्रोनिक्स्ले नेपाली बजारमा Samsung Galaxy S9+ 128 GB प्रस्तुत गर्ने भएको छ । 
अप्रिल १७ देखि सुरु भएको Samsung Galaxy S9+ 128 GB को प्रि बुकिङ २२ अप्रिलसम्म खुला रहने छ । उपभोक्ताहरुले www.S9prebooking.com मा गई प्रि बुकिङ गर्न सक्नेछन् । 
प्रि बुकिङ गर्न चाहने उपभोक्ताले बुकिङ गरे बापत रु ७२०० बराबरको Bottle speaker सहित अन्य ग्यालेक्सी उपहार, टर्किस एयरलाइन्सको खरिदमा १५% सम्मको छुट, रुट्स फेशनमा खरिद बापत १०% छुट र साथै केजिएच होटेलमा रु ५००० मा कोठा बुक गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् । 
उक्त स्मार्टफोनको खरिदसँगै प्रयोगकर्ताहरुले एनसेलको तर्फबाट 12000MB डाटा र १२ हप्ताका लागि हरेक हप्ता 1000MB  र एक वर्षे बीमा पनि प्राप्त गर्नेछन् । 
उपभोक्ताहरुलाई Galaxy S9+ 128 GB को रु १०९,९०० को मूल्य रु ५००० को क्यासब्याक उपलब्ध गराइनेछ । त्यसपश्चात् Galaxy S9+ को प्रभावकारी मूल्य रु १०४, ९०० रहनेछ । 
Galaxy S9+ 128 GB अप्रिल २३, २०१८ देखि नेपालभरका सामसङ ब्राण्ड स्टोर तथा केही रिटेल स्टोरमा Midnight Blackरङमा उपलब्ध हुनेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK