Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा बैंकास्योरेन्स सम्बन्धी एक दिने तालिम सम्पन्न

अर्थ सरोकार

सांग्रिला डेभलपमेन्ट बैंकले केएफए सँगको सहयोग तथा सहकार्यमा बैंकास्योरेन्स सम्बन्धी एक दिने तालिम पोखरामा सफलतापुर्बक सम्पन्न गरेको छ । उक्त तालिममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली एवम् केएफएका तर्फबाट रेष्टा झा र जस्मीन हाटा उपस्थित थिए । 
उक्त तालिमबाट बंैकका बिभिन्न तहका ४० जना भन्दा बढी कर्मचारी लाभान्वित भएका थिए । बैँकले बिभिन्न बीमा कम्पनीसँग सहकार्य गरी आफ्ना ग्राहक बर्गलाई जीवन र निर्जिवन बीमाका बिबिध सेबाहरु प्रदान गर्ने कुरा नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए । बैंकले देशका बिभिन्न स्थानमा शाखा बिस्तार गर्न लागेको हुँदा बीमा सम्बन्धीको सेबा पनि जनतामा बिस्तार हुने बिश्वास लिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK