Skip to content
LAXMI SUNRISE BANK

सिन्धु विकास बैंकको नयाँ शाखा जलविरे बजारमा

अर्थ सरोकार

सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको जलविरे बजारमा बैंकको १३औं शाखा स्थापना गरेको छ । उक्त शाखा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले एक समारोह बिच बिधिवत रुपमा समुद्घाटन गरे ।
उक्त समारोहमा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशीले बैंकको हालसम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा जानकारी दिए । बैंकले निकट भविष्यमा बैंकको कार्यक्षेत्रभित्र विभिन्न स्थानहरुमा बैंकको शाखा तथा सिमित बैंकिङ्ग ईकाई कार्यालय स्थापना गरी सबैमा वित्तिय पहुँच पुर्याउने प्रतिबद्धता जनाएको छ । 
०६७ साल भाद्र २२ गतेबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी र जलविरे गरी कुल १३ शाखा तथा सुकेटे तथा सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल १५ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK