×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुजु मल्ललाई प्रहरीले पक्राउ गरेपछि मल्लकी श्रीमतीले दिइन् प्रहरीलाई यस्तो चुनौती

PRIME CA
GLOBAL IME BANK

सुजु मल्ललाई प्रहरीले पक्राउ गरेपछि मल्लकी श्रीमतीले दिइन् प्रहरीलाई यस्तो चुनौती

९ बैशाख २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

बुटवल – प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनको अपराध कर्ममा सघाएको आरोपमा पक्राउ परेका युवा संघका नेता सुजु मल्लको परिवारले बुटवलका तत्कालीन दुई डीएसपीमाथि छानविन गर्न माग गरेका छन् ।
मल्लकी श्रीमती सिर्जना ताम्राकार आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी मनोज पुनले आफ्ना श्रीमानलाई धम्की दिने गरेको दाबी गरिन् । यसबारे इलाका प्रहरी कार्यालयका तत्कालीन डीएसपी मुकुन्द मरासिनी र पवनकुमार भट्टराईलाई भेटेर जानकारी गराएको दावी गर्दै उनले छानविन गर्न माग गरिन् ।
मनोजले फोन गरेर कि पैसा दे कि ब्यापारीको नम्बर दे भन्दै धम्की दिएकाले नम्बर दिएको र त्यसबारे पनि डीएसपीलाई जानकारी गराएको सिर्जनाको दाबी छ ।
मनोजको इन्काउन्टर हुनु अघिसम्म सुजुको फोन सम्पर्क भएको प्रहरी दाबीमा शंका गर्दै उनले मिति प्रमाणित गर्न माग गरिन् । तिहारपछि नै सम्पर्क टुटेको उनको दाबी छ ।
सिर्जनाले प्रहरीको अनुसन्धान र छानविनलाई सघाउन आफ्नो परिवार तयार रहेको समेत बताएकी छन् । पार्टीले समेत सुजुको अभियोग अदालतबाट प्रमाणित नहुँदै निस्कासन गरेर अन्याय गरेको उनको गुनासो छ ।
प्रहरीले मनोज पुनका विशेष सहयोगीहरु रहेको अभियोगमा युवा संघका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज सुजु मल्लसहित ६ जनालाई पक्राउ गरेको थियो। मनोज पुन र उनका विशेष सहयोगी सोम आले भने ९ फागुनमा मारिएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: