×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्या लाइफको ४०% हकप्रद जारी गर्न कहिले हुँदैछ बुक क्लोज ?

PRIME CA
GLOBAL IME BANK

सूर्या लाइफको ४०% हकप्रद जारी गर्न कहिले हुँदैछ बुक क्लोज ?

२७ चैत्र २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सूर्या लाइफ इन्सुरेन्सले ४०% हकप्रद जारी गर्ने भएको छ ।  इन्सुरेन्सले हकप्रद जारी गर्न वैशाख ५ मा बुक क्लोज गर्ने भएको छ । वैशाख ४ गतेसम्म कायम सेयरधनीले यस कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।  पुराना सेयरधनीले भने स्वतः भर्न पाउनेछन् । 
सूर्या लाइफले ४०% हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । १०ः४ अनुपातमा २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डले सूर्या लाइफलाई अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटल लिमिटेडले गर्नेछ ।
सूर्या लाइफको गत भदौं २७ गते सम्पन्न साधारण सभाले ४०% प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सोही निर्णय बमोजिम सूर्याले अहिले हकप्रद निष्काशन प्रक्रिया अघि बढाएको हो । हाल यस कम्पनीको चुक्ता पुँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ छ । यही चुक्ता पुँजीबाट ४०% हकप्रद निष्कासन गर्न लागिएको हो । ४०% हकप्रदपछि चुक्ता पुँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: