
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – एसियन लाइफ इन्सुरेन्सको दशौं वार्षिक साधारण सभा जेठ १९ गते हुने भएको छ । उक्त सभामा इन्सुरेन्सले ४% बोनस सेयर र कर तिर्न २५ लाख ४३ हजार ९७८.६५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ । यस्तै, बोनस सेयरपछि कायम हुने १ अर्ब २५ करोड ६७ लाख २५ हजार ४५४.४० रुपैयाँ चुक्ता पुँजीको ६०% हकप्रद जारी गर्ने विशेष प्रस्ताव पनि पेश हुनेछ ।
साधारण सभा होटल भिष्वा, वीरगंजमा बिहान १० बजेबाट सुरु हुनेछ । एसियनले जेठ ४ देखि १८ गतेसम्म बुक क्लोज गरिने जनाएको छ । यता, संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने सभाको अर्को एजेन्डा रहेको छ । एसियनले सेयर संरचना परिवर्तन गरी संस्थापक हिस्सा ५१% र सर्वसाधारण हिस्सा ४९% बनाउनेछ । हाल कम्पनीमा संस्थापकको ७०% र सर्वसाधारणको ३०% सेयर स्वामित्व रहेको छ ।
सभाले संस्थापक समूहबाट ४ जना, सवैसाधारणबाट २ जना र एक स्वतन्त्र संचालकको निर्वाचन पनि गर्नेछ । कम्पनीले हालको अधिकृत पुँजी २ अर्ब रुपैयाँलाई वृद्धि गरी ५ अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्