
ट्रस्टबिज प्राइभेट लिमिटेड र ब्रसेल्सस्थित बेल्जियन बैंकिङ्ग एकेडमी बीच बैंकिङ्ग सम्बन्धमा उच्चस्तरीय अध्ययन एवं प्रशिक्षण कार्यक्रमहरुको तर्जुमा तथा सञ्चालनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । ट्रस्टबिज प्राइभेट लिमिटेड तथा बेल्जियन बैकिङ्ग एकेडमीले पारस्परिक सहकार्यमा बेल्जियम तथा अन्य युरोपियन देशमा आयोजित विभिन्न बैकिङ्ग तालिमहरुकालागि विशेषज्ञ तथा ज्ञान अदान प्रदान गर्नेछन् ।
यस सहकार्यले बैकहरुका संचालक समितिका पदाधिकारीहरुलाई संस्थागत सुशासन, जोखिम व्यवस्थापन, स्वार्थको द्वन्द्व, अनुपालना, नियामक निकायसँगको सम्बन्ध एवम् समन्वय लगायतका विषयमा अन्तर्रा्ष्ट्रिय असल अभ्यास बिषय समेटीएको अभिमुखीकरण तथा पुनर्ताजगीकरण प्रशिक्षण बेल्जियन बैकिङ्ग एकेडमीका बिशेषज्ञहरुले प्रदान गर्नेछन् । यसैगरि बैकका उच्च व्यवस्थापनमा रहेका अधिकृतहरुलाई जोखिम व्यवस्थान, सञ्चालन, बैकिङ्ग प्रविधि र नयाँ बैंकिंग र वित्तीय उपकरणहरुको प्रयोगको तालिम ट्रस्टबिज प्राइभेट लिमिटेड समन्वयमा बेल्जियन बैकिङ्ग एकेडमी प्रदान गर्नेछ ।
“यस सम्झौताले परिपक्क तथा बिकसित युरोपियन बैकिङ्गको अनुभव, ज्ञान र सीपमा नेपाली बैकहरुको पहुच पुर्याएको छ ।“ ट्रस्टबिज प्राइभेट लिमिटेड का प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपानेले बताए ।
बेल्जियन बैंकिङ्ग एकेडमी एक बेल्जियन बैकिङ्ग एसोसिएसनबाट बैंकिङ्ग तालिम प्रदान गर्न स्थापना गरिएको संस्था हो । यसले युरोपका बैकका पदाधिकारी तथा अधिकृतहरुको क्षमता अभिवृद्धिका आवश्यकता पूर्ति गर्नका लागि आवश्यक तालिम उपलब्ध गराउँछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्