Skip to content
LAXMI SUNRISE BANK

दाङको लमहीमा कामना सेवाको ४४ औं शाखा विस्तारमा

अर्थ सरोकार

काठमाडौँ – काठमाडौँ – ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंकले दाङ जिल्लाको लमही ५, कोइलाबास रोडमा आफ्नो ४४ औँ शाखा कार्यालय स्थापना गरि मिति २०७५ साल बैशाख २४ गते देखि आफ्नो कारोबार शुभारम्भ गरेको छ । 
कामना सेवा विकास बैंकले वित्तीय पहुंच नभएका ग्रामिण क्षेत्रमा समेत शाखा विस्तार गरी ग्रामिण जनतालाई वित्तीय पहुंच पुर्याउने लक्ष्यसहित यस आर्थिक वर्ष भित्रमा देशका विभिन्न भागमा गरी ५८ शाखा संचालनमा ल्याई कारोबार संजाल विस्तार गर्ने रणनीतिसहित अगाडी बढेको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले बताए । 
सो दिन ग्राहकहरुको उत्साहजनक उपस्थिति रहेको र तीन सय बढी खाता खोली ३ करोड ५० लाख निक्षेप संकलन भएको बैंकका शाखा प्रबन्धक सुबास अधिकारीले जानकारी दिए । साथै शुभारम्भ कार्यक्रममा उपस्थित ग्राहकहरुलाई बैंक संचालक समितिका अध्यक्ष सुदिप आचार्यले कामना सेवा विकास बैंक नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त राष्ट्रिय स्तरको एक सवल विकास बैंक भएको हुंदा ढुक्क भएर बैंकसंग कारोबार गर्न आस्वस्त समेत पार्नु भएका थिए । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK