×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी विकास बैंकको नयाँ शाखा पोखराको रत्नचोकमा, प्रदेश नं ४ का मुख्यमन्त्री गुरुङ्गले गरे उद्घाटन

PRIME CA
GLOBAL IME BANK

गण्डकी विकास बैंकको नयाँ शाखा पोखराको रत्नचोकमा, प्रदेश नं ४ का मुख्यमन्त्री गुरुङ्गले गरे उद्घाटन

१४ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

गण्डकी विकास बैकको पोखरा स्थित रत्नचोक शाखाको एक भब्य समारोहका बिच औपचारिक उद्घाटन भएको छ । उक्त शाखाको उद्घाटन प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले गरे । बैंकले उक्त शाखा कार्यालयबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोे छ । 
शाखा उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री गुरुङ्गले अहिलेको यात्रा समृद्घिको यात्रा रहेको र यसलाई पुरा गर्न बैक तथा वित्तीय संस्थाहरु विच सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताए । अहिलेको प्राथमिकता पर्यटन, उर्जा कृषि र उद्योग व्यापार रहेको र बैंकहरुले पनि यी क्षेत्रहरुलाई प्राथमिकता दिएर अगाडी बढ्नुपर्ने भन्दै बैंकको निरन्तर सफलताको लागि शुभकामना दिए । 
कार्यक्रममा स्वागत मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले ग्राहकहरुको अगाध माया र विश्वासले वैक आज उत्कृष्ट विकास बैंकको रुपमा रहेको र ग्राहकलाई प्रदान गर्ने बैंकिङ्ग सेवा पनि सदैव उत्कृष्ट हुने प्रतिवद्घता व्यक्त गरे । बैंकले प्रदान गर्ने सेवा सुविधा, बंैकका गतिविधि र भावी कार्यक्रम बारे समेत उनले जानकारी दिए । 
गण्डकी विकास बैंक लिमिटेडका संचालक बासुदेव त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं ८ का वडा अध्यक्षरुद्रनाथ बराल तथा नेपाल राष्ट्र बैंक पोखराका कायम मुकायम निर्देशक अमर अधिकारीले समेत बैंकको उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिएका थिए । उक्त कार्यक्रमको संचालन वैकका सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्सालले गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: