Skip to content
LAXMI SUNRISE BANK

धनगढीमा पनि पुग्यो गण्डकी विकास बैंक, प्रदेश ७ का मुख्यमन्त्री भट्टले गरे उद्घाटन

अर्थ सरोकार

नेपाल राष्ट्र बैंक बाट ’ख’ वर्गको इजाजत प्राप्त गण्डकी विकास बैंकको धनगढीमा शाखा विस्तार गरेको । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबार एक समारोहका विच बैंकको धनगढी शाखाको उद्घाटन गरे । 
कार्यक्रममा शुभकामना मन्तव्य दिदै मुख्यमन्त्री भट्टले बैंकले यस क्षेत्रको समग्र विकासमा योगदान पुर्याउन सक्ने गरि काम गर्न सुझाव दिए ।बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश बाहादुर थापाले सहज वित्तीय सेवा प्रदान गर्न आफुहरु प्रतिबद्ध रहेको बताए । धनगढी उपमहानगरपालिकाका प्रमुख निर्प ओडले जनताले महशुस गर्नेगरि सेवाप्रदान गर्न र सामाजिक उत्तरदायीत्व समेत बहन गर्न सुझाए । बैंकका धनगढी शाखा प्रमुख कृष्ण बहादुर बोहराले यस क्षेत्रका औद्योगिक, व्यापारिक एवम् कृषि क्षेत्रमा आर्थिक स्रोतको परिचालन गरी लगानी गर्न आफुहरु तत्पर रहेको बताए ।
धनगढीको चौराहाबाट बैंकले आफ्नो कारोवार शुरु गरेको हो । पोखरामा प्रधान कार्यालय रहेको बैंकले केन्द्रीय कार्यालयसहित देशका विभिन्न ठाउँहरुमा गरी ५९ वटा शाखा कार्यालय मार्फत विभिन्न निक्षेप योजना, सरल कर्जा प्रवाह गर्नुका साथै एबिबिएस, एटिएम, एसएमएस, सीआस्वा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रीय कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा समेत प्रदान गर्दै आइरहेको छ । साथमा न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्ध व्यक्तिहरुका लागि लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ । 
बैंकको देशभरी नै शाखा सञ्जाल विस्तार गर्ने क्रममा हाल बैंकका विभिन्न ठाउँमा १८ वटा शाखाहरु निर्माणधिन अवस्थामा रहेका छन् । बैंकले यि शाखाहरु यसै आर्थिक वर्ष भित्र संचालनमा ल्याउने लक्ष्य लिएको छ । यस पश्चात बैंकका कुल ७७ वटा शाखा र देशका सातै प्रदेशवाट वैकिग सेवा प्रदान हुने जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK